काठमाडौँ । हरेक वर्ष आजका दिन काष्ठमण्डप पीगःननी टोलका ताम्राकार समदायको तः चतं गुथिले पंचदान प्रदान गर्ने गर्दछ।
यस गुथिको विशेषता भनेको एक दिन अघि विधिपूर्वक पकाइएको भातलाई काठमण्डपभित्र भण्डारण गरेर राखिन्छ र भोलिपल्ट यही भातलाई ठूलो आकारको एक पन्यूले निखनेर दान प्रदान गर्ने गरिन्छ ।
आज मध्यान्हतिर काष्ठमण्डपभित्र मध्यभागमा काठका आशन बिछ््याइन्छ जसमाथि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरु, बुङ्गमती, बनेपा जस्ता ठाउँहरुबाट आएका शाक्य तथा बज्राचार्य कुलपुत्रहरुलाई बसालेर गुथिका सदस्यहरुबाट दान प्रदानको कार्य हुन्छ।
असनस्थित उदाय् संग्रहालयमा तः चतं गुथि र गुथिका पूजा सामग्रीहरु बारे जानकारी दिने उद्देश्यले आजै पीगःननीका ताम्राकार समुदायबाट तस्वीरहरु प्रदर्शन गरिएको उदाय समाजका महासचिव तथा तः चतं गुथिका गुथियार रजनी ताम्राकारले बताइन्।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ १८:२७