सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने बाताएको छ।
कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधीन प्रदेश रंगशालाको अनुगमनका क्रममा अध्यक्ष दाहालले खेलमा राजनीति भए लाखौं खेलाडीको भविष्यमा नै खेलवाड हुने हुँदा यसमा राजनीति नगर्न आग्रह गरेको हो ।
प्रदेश रंगशाला निर्माणको अन्तिम चरणमा रहेकोमा आफूलाई खुशी लागेको र यो समग्र कर्णालीको लागि गौरवको विषय भएको उनले बताए।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ २०:२४