काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब २ प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।
नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो।
आज ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर १ लाख ३० हजार ६ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
म्युचुअल फण्ड ० दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी वित्त समूह ३ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ९८ र बैंकिङ २ दशमलव ३४ प्रतिशतले घटेको छ।
त्यसैगरी, विकास बैंक १ दशमलव ८५, जलविद्युत् २ दशमलव ४०, लगानी १ दशमलव ३३, जीवन बीमा १ दशमलव ४४, उत्पादन तथा प्रशोधन १ दशमलव ८०, लघुवित्त १ दशमलव ८८, निर्जीवन बीमा १ दशमलव २३, व्यापार ० दशमलव १९ र अन्य समूह १ दशमलव ०४ प्रतिशतले बढेको छ ।
आज सुपरमाई हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेडको ५२ करोड ३१ लाख १० हजार ४ सय ९२ बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको ८ लाख ४ हजार ८ सय कित्ता शेयर कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १७:०५