सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला पार्टीहरुलाई जुधाएर आफ्नो भविष्य खोज्ने साना पार्टीका दिन अन्त्य भईसकेको बताएको छ।
सुर्खेत विमानस्थलमा आज महासचिव पोखरेलले राजनीति ध्रुविकरण गर्दै देशको अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला दल नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनु परेको स्पष्ट पारेको हो ।
जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएको स्मरण गर्दै महासचिव पोखरेले आउने निर्वाचनमा फेरीपनि काँग्रेस-एमाले एक्लाएक्लै चुनाव लड्नका लागि अहिलेदेखि आन्तरिक तयारी शुरु भईसकेको जानकारी दिए।
लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै उनले त्यसका लागि बलियो शक्ति आवश्यक भएकोले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रुपमा स्थापित हुने दावी गरे ।
महासचिव पोखरेलले युवाहरुमा निकै निराशावाद पलाएको र त्यस्ता युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जा ल्याएकाले लाभ लिन आग्रह गरे ।
पछिल्लो समय एमाले-कांग्रेसको सरकार बनेपछि देशको राजश्वमा समेत वृद्धि हुन थालेको महासचिव पोखरेल जिकीर गरे।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ १९:५८