काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भूगोल विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
भूगोल विभागका विभागीय प्रमुख डा. हृदयलाल कोइरालाले इच्छुक विद्यार्थीले साउन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म भर्नाका आवेदन दिन सक्ने जनाएका छन् ।
आवेदन दिएका विद्यार्थीका लागि प्रवेश परीक्षा साउन ३० गते हुने र नतिजा भदौ ५ गते गर्ने विभागले उल्लेख गरेको छ। उक्त प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले भदौ १५ गतेभित्र भर्ना हुनु पर्नेछ। भदौ १६ गतेदेखि कक्षा शुरु हुने समेत सूचनामा उल्लेख गरिएको छ।
कुनै समय विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको भूगोल बिषयमा हाल उल्लेख्य मात्रामा विद्यार्थीको चाप रहेको छ। GIS र रिमोट सेन्सिङ जस्ता बजारमा माग भएका बिषयहरु पढाई हुने भएपछि भुगोल पढ्ने विद्यार्थी उल्लेख्य वृद्धि भएका हुन्।
भूगोल पढ्ने विद्यार्थीले तुरुन्त रोजगारि पाउने, सिप युक्त हुने र बिदेशमा छात्रवृत्तिमा पढ्ने समेत अबसर हुने भएकाले भूगोलप्रति विद्यार्थीको आकर्षक बढेको भूगोल विषयका विद्यार्थी बसन्त न्यौपानेले बताए।
चीन सरकारले उपलब्ध गराउने छात्रवृत्तिमा अहिले भुगोलका धेरै विद्यार्थी अध्ययन गरिरहेका छन्। न्यौपानेका अनुसार बर्षेनि ३/४ जना विद्यार्थीले चिनमा अध्ययनको अबसर पाईरहेका छन् जसका कारण पनि भुगोलप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ २२:५०