काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएको हो।
सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २०:०४