विराटनगर, मोरङ । विराटनगर-२ स्थित इलेक्ट्रिक साईकल बिक्री गर्ने पसलमा मध्यान्ह लागेको आगो नियन्त्रणमा लिएको छ।
विराटनगरको मुनालपथस्थित मनिष बंसलको भव्या इन्टरनेशनलमा आज लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, विराटनगर महानगरपालिका र दुहवी नगरपालिकाका वारुणयन्त्र र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएको हो ।
तीन बटा सटरमा रहेको पसलमा लागेको आगलागीबाट सम्पूर्ण ई-साईकल जलेर नष्ट भएको छ। आगलागी लाग्नुको कारण र क्षति विवरण अनुसन्धान पछि थाहा हुने प्रहरी उपरीक्षक कार्कीले बताए ।
इलेक्ट्रिक व्याट्री चार्ज अथवा विद्युत चुहावटबाट आगलागी हुने सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ २२:१९