काठमाडाै । डिशहोमले द्रुतगतिको डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार गरेको छ।
डिशहोम फाइबरनेट देशबासीहरुमाझ उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले शुरु गरेको हो।
डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्धता जनाएको छ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० mbps देखि १०० mbps सम्म उपलब्ध रहेका छन्।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा विस्तार भइसकेको छ ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल धरान पुगेको छ भने अब छिट्टै नै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानहरुमा विस्तार हुँदैछ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८ १७:५५