काठमाडौ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को केन्द्रीय कार्यसमितिको छैटौं पूर्ण बैठक सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, निवर्तमान अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मीको विशिष्ट आतिथ्यता, संस्थापक अध्यक्ष कमल खरेल र विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
त्यस्तै, सल्लाहकार समितिका सह-संयोजक तथा सदस्यहरूको आतिथ्यता, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, अनुशासन समितिका संयोजक, लेखापरीक्षण समितिका सह-संयोजकको भौतिक तथा भर्चुअल उपस्थितिमा रहेकाे थियाे ।
संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आयाेजित बैठकमा महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै, बैठकले तपसिल बमोजिमका ९ बुँदे विशेष प्रस्ताव जारी गर्दै सम्पन्न भएको छ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१ १७:०६