काठमाडौ। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना भाईरसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १८ बुँदे सुझाव पत्र बुझाएको छ ।
प्रधानमन्त्री देउवालाई स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न प्रतिष्ठानले सुझाएको हो । योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्य मन्त्री नियुक्त गर्नुपर्ने सुझाव पत्रमा पहिलो बुँदामा उल्लेख छ ।
कोभिडको परीक्षण बढाएर आइसोलेशन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न समेत सुझाव पत्रमार्फत सुझाव दिएका छन्।सुझाव पत्रमा डा. महेस मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा .बद्रीराज पाण्डे सहित १६ जनाले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८ १५:४८