काठमाडौँ । आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर २ हजार ६ सय ९० दशमलव ७२ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३२ अङ्कले उकालो लागेर ४ सय ८३ दशमलव ७८ मा पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कुल एक करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए।
नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर ९ दशमलव ९३, डोल्टी पावर कम्पनी ९ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड ८ दशमलव ८०, जोशी हाइड्रोपावर ८ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ५९ कमाएका छन्।
यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना ७ दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त ६ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ४ दशमलव ०७ प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले ३ दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ २०:०६