–इच्छारानी थापा
काठमाडौं । हिन्दू नेपालीहरुको दशैं महान पर्व हो। यो महान पर्व सबै जना आफन्त साथीभाइ बसेर मिठो–मसिनो खाएर मनाइन्छ। तपाई–हामीले रमाइलो गरेर मिठो खाने भन्दै धेरै माछा, मासु खाने र अल्कोहल सेवन गर्नु हुँदैन। दशैँको समयमा नियमित खाने खानालाई ध्यान दिएर सन्तुलित खाना खानु पर्दछ।
दशैं–तिहार लगायतका चाडलाई विशेष पर्वका रूपमा मासु खाने भनेर पनि बुझिन्छ । दशैंँमा मासु भएन भने त दसैँ नै खल्लो हुन्छ । त्यसमा हामीले सामान्य ठिक्क मात्रामा खाँदा राम्रो हुन्छ। तर, धेरै खाँदा रातो मासुले कोलेस्ट्रोल बढ्ने, युरिकएसिड लेबल बढ्ने सम्भावना हुन्छ। त्यसैले हामीले ४० देखि ६० ग्रामसम्म मासु दैनिक खाँदा हुन्छ। मासु पचाउन हामीले फलफूल पनि खानुपर्छ । मासु मात्र धेरै भयो र पानी पुगेन भने शरीरमा कब्जियत हुने समस्या हुन्छ।
पोषणविद डा.शेखर खनालका अनुसार, बिहानदेखि बेलुकासम्म प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन मिनिरल फलफूल फाइबर सबै समावेश गरेर खानुपर्छ । जसमा एक जना व्यक्तिमा १४ सयदेखि १६ सय क्यालोरीको खानु पर्दछ। दिनमा पाँचदेखि छ पटक दिन भरमा तीनदेखि चार घण्टाको फरकमा मिलाएर खाँदा हुन्छ । बिहानको खानामा हामीले दूध ब्रेडहरु राखेर खान सक्छौं.। सधैं एउटै समयमा सबै मिलाएर खाने र तीनदेखि चार घण्टाको अन्तरालमा खाने, रोटी, चनाहरू खाने र बेलुकाको खाना थोरै मिलाएर खानु पर्दछ।
दशैंं भनेर धेरै चिल्लो पिरो र अल्कोहल खाँदा धेरै समस्या देखिने गरेको छ। खानपान नमिल्दा अस्पताल पुग्नुपर्ने अवस्था हुन्छ। रमाइलो गर्दा हामीले व्यवस्थित रूपमा सन्तुलित खाना खाएर गर्न जान्नुपर्छ। बालबालिकाको लागि बढ्दो उमेरको लागि बढी क्यालोरी भिटामिन चाहिन्छ। वयस्कमा चाहिले सञ्चित एनर्जी पुरा हुने खाना खाने, वृद्धाहरूले दैनिक कार्यक्षमता कम हुने, उमेरको हिसाबले पनि हाई क्यालोरी भन्दा पनि माइक्रोन्युट्रेन जसले गर्दा उनीहरूको उमेरलाई सहज होस्। त्यसका लागि फलफूल, सलाद सागसब्जी खुवाउनु पर्दछ।
दशैंमा शाकाहारीहरूले दूध, दही, पनिर, भटमासको दालहरू खानु पर्दछ। हामीले खाँदा सन्तुलित रूपले खायो भने कुनै समस्या हुँदैन। सन्तुलित खानाले झाडापखाला लगायतका रोगहरू लाग्दैन। हामीले खाना पेट भरी भन्दा अलिकति कम खानु पर्दछ। त्यसैले प्रोटिन युक्त खाना त्यसरी नै मिलाएर खानुपर्छ।
खानपान र अल्कोहलको सेवनले फुड एलर्जी हुने सम्भावना बढी हुन्छ। त्यसले गर्दा शरीरमा युरिया, कोलेस्ट्रोलको लेबल बढ्छ र मधुमेह र किड्नीमा समस्या हुन्छ। दशैंमा सबै जनाले परिवारसँग बसेर पर्व मनाउन सक्छौँ। परिवारसँग बस्ने बित्तिकै मासु नै खानुपर्छ भन्ने छैन। खानामा मात्र धेरै ध्यान नदिनु राम्रो हुन्छ। दशैंलाई पीडाको रुपमा भन्दा उत्सवको रुपमा मनाउनुपर्छ । हामीले दसैँमा खाने खानामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, खनिज, फाइबर र पानी हुनु जरुरी छ। दसैँको खाना त्यस्तो होस् कि जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्फूर्ति प्राप्त होस्। यति कुरामा मात्र ध्यान दिन सकेमा दशैंमा खुशीयाली पनि बढ्ने र स्वस्थ पनि बन्न सकिन्छ । स्वास्थ्य नै धन हो । स्वास्थ्य बलियो भएन भने, दशैंको खासै कुनै अर्थ हुदैन । दशैंको शुभकामना !
(नामी साप्ताहिकवाट साभार)
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १८:१६