काठमाडौं। नेपालका पप सम्राट मानिएका सुविख्यात गायक ओमविक्रम विष्टले नेपालभाषामा पनि गीत गाएका छन्। अमेरिकावाट हाल नेपाल आएको समय पारेर एकपछि अर्को गीत गरेर गायक विष्टले नेपालभाषाको गीत गाएका हुन्।
सामाजिक सुधारक एवम् बागमती सफाईका अभियन्ता तथा बरिष्ठ गीतकार बागमती भाइले नेपालभाषामा लेखेको “ए जि यःम्ह मयजु लिधंसा जितः ब्यु” बोलको गीत गायक विष्टले गाएर गायन यात्रामा नयाँ आयाम थप्ने कार्य गरेको हो।
यस गीतको म्युजिक भिडियो निर्माण कार्य पनि बरिष्ठ गीतकार बागमती भाइले सम्पन्न गरेका छन्। जसमा युगिन निर्देशक पवन जोशीको युगिन निर्देशन रहेको छ। पप सम्राट गायक विष्ट आफैले पनि अभिनय गरेको यस गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यालक्ष्मी खड्गीको बेजोड अभिनय रहेको छ।
यो युगिन भिडियो आगामी नयाँ बर्ष नेपाल संवत ११४५ को अवसरमा स्वतन्त्र संसार महर्जनको संसार्स अनलाइन टिभी युट्युू्ब च्यानल मार्फत विश्वभर प्रदर्शनमा आउने भएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ २१:०१