ढोरपाटन, बागलुङ । बागलुङ नगरपालिका-४ कुँडुले फेँदीमा निर्माण गरेको सुरुङभित्र १ लाख २५ हजार भन्दा बढी शालग्राम संग्रहित गरिएको छ।
छ वर्ष अगाडि निर्माण गरिएको सुरुङभित्रको संग्रहालयमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।
संग्रहालय व्यवस्थापन समितिले शालग्राम संरक्षण गर्नका लागि जुटेको छ । संग्रहालयमा सजायर राखिएका शालग्राम दर्शनका लागि आउने नेपाली तथा विदेशी पर्यटकहरुको संख्या बढेपछि शालग्रामको संख्यालाई थप गर्ने भएको हो ।
शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधारलाई एकसाथ अघि बढिरहेकोे छ । लोपोन्मुख मानिएको शालग्राम शिलाको संग्रह गरी बनाइएको संग्रहालयमा पर्यटकको आकर्षण बढेपछि शालग्राम संरक्षण अभियानले समेत तीव्रता पाएको छ।
सुरुङभित्रको संग्रहालयमा शालग्रामसहित मुस्ताङको दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको क्षेत्रलाई नमुनाको रुपमा नक्साङ्कन गरिएको छ।
अहिले शालग्रामको संख्या थप गर्नका लागि कालीगण्डकीमा शालग्राम संकलनको कार्यले तीव्रता दिइएको शालग्राम संग्रहालयका व्यवस्थापक इन्द्रमणि अधिकारीले बताए ।
दशैं र तिहार जस्ता चाड पर्वको समयमा धेरै मात्र मा धार्मिक पर्यटकहरु आउने गरेका छन् । चार वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको शालग्राम संग्रहालयले शालग्रामको संरक्षणका लागि उल्लेखनीय काम गरेपछि भारतीय पर्यटकहरुसमेत आकर्षित बन्न थालेका छन्।
अहिले दैनिक ३ सयको हाराहारीमा पर्यटकहरु शालग्राम दर्शनका लागि आउने गरेका छन्। पर्यटकलाई शालग्रामसहित यहाँ निर्माण गरिएका कलात्मक मन्दिर, मूतिहरुले आकर्षित गर्ने गरेको पर्यटक कमल चौलागाईँ र सृष्टि चौलागाइले बताए ।
संग्रहालयमा स–साना सालग्रामदेखि ३ सय केजीकोसम्मको शालग्रामहरु संग्रहित छन् । संग्रहालय वरपरको क्षेत्रमा अन्य संरचनासमेत धमाधम निर्माण भइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१ २०:०३