काठमाडौ । नेपालीहरुको दाेस्राे महान चाड तिहारको अवसरमा देउसी गीत तिहारको रमाइलो रिलिज भएको छ।
महान चाड र संस्कृतिको परम्परा जगेर्ना गर्ने उद्देश्यले भरपूर मनोरञ्जन दिने छम्छमी नाच्दै, मिठो देउसी भट्याउँदै परम्परागत शैलीको देउसी गीत तिहारको रमाईलो गीत डिलाईटेड म्युजिक इष्डष्ट्रिजले भिडियो रिलिज गरेको हो।
गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा डि.पि दाहाल र सबिन लिम्बुको संगीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालको स्वर रहेको देउसी गीत तिहारको रमाइलोको म्युजिक भिडियो सुन्दर बनेको छ।
रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक कृष्णदेब रुपाखेतीले निर्देशन गरेको छ भने रावल बराईलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।
चाहे बिदेशमा रहेका हुन वा स्वदेशमा हुन उनीहरुमा आफ्नो चाडप्रतिको, संस्कृतिप्रतिको माया कहिल्यै पनि मर्दैन, के केटाकेटी के बुढाबुढी, के युवा सबैलाई तिहार संस्कृतिले समेटेको गीतले बोलेको छ ।
यस गीतको मिक्सीङ्ख मास्टरिङ्ख रञ्जन राईको रहेको छ भने सिलन लम्सालको सम्पादन रहेको छ। गीत रेकर्डिङ्ग अलंकार स्टुडियोमा भएको हो । यो गीत DP Dahal (Delighted Nepal) Yutube Channel बाट रिलिीज भएको हो।
भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार डा.डी.पी दाहाल परिश्रमी लगायत निर्माण पक्षले सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १३:०९