भैरहवा, रुपन्देही । थाई एसिया एयरलाईन्स बैंकक–भैरहवा–बैंकक उडानसुरु गरेको छ ।
आइतबार विहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका ७ सदस्य सहित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
“सुरुमा परिक्षण उडानको रुपमा चालक दलका सदस्य सहित थाई एसियाको एयर बस ए ३२० गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थमा अवतरण गरेको हो।” विमानस्थलका सूचना अधिकारी बिनोद सिंह राउतले भने, “यस पछि २३ कार्तिकदेखि सातामा यसको २ पटक नियमित उडानको तालिका रहेको छ।”
थाई एसियाको विमानको भैरहवामा बिमानस्थलका कर्मचारी सहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए ।
थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन् ।
भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १०:०२