काठमाडौं। डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको माग राख्दै फेरि सोमवार देखि जुम्लाको खलंगा पुगेर अनशन शुरु गरेका छन्।
खलंगाको बाबिरामस्टो मन्दिरवाट डा.केसीले अनशन शुरु गरेका हुन। एउटा रोचक कुरा भने अनशन बसिरहेका बेलासमेत बिरामीहरू डा.केसीकोमा जँचाउन पुग्ने गरेका छन्। मंगलबार अनशनस्थलमै डा. केसीले बिरामीको जाँच गरेको कान्तिपुर दैनिकको अनलाइन संस्करणले उल्लेख गरेको छ।
डा.केसीले अनशन बसेको भए पनि टाढाबाट आएका बिरामी भएकाले जाँच गरेको बताएका छन्। उनले सकुन्जेलसम्म बिरामीको सेवा गर्ने अठोट पनि व्यक्त गरे। डा.केसीको यो १९ औं अनसन अर्थात सत्याग्रह हो।
प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७ २३:१६