नारायणगढ, चितवन । सेवा विस्तारलाई तीब्रता दिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पछिल्लो पटक रक्त क्यान्सर भएका बिरामीहरुको प्रकार परीक्षण शुरु गरिएको छ ।
यस अघि यो परीक्षणका लागि नमूना काठमाण्डौं वा भारत पठाईदै आएकोमा उपकरण खरिद गरी अस्पताबाटै सेवा दिन थालेको हो।
अस्पतालकी प्याथोलोजी विभागकी विभागिय प्रमुख डा ग्रेटा पाण्डेले रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने ‘फ्लो साईटोमेट्रि सेवा’ शुरु भएको बताए । उनले रक्त क्यान्सर र यसको उपचार परिक्षणमा हुने प्रक्रियाको बारेमा जानकारी दिएको छ।
त्यसैगरी प्याथोलोजी विभागकी डा. प्रेरणा गौतमले मेसिनको परिक्षण गर्ने प्रक्रियाको बारेमा जानकारी दिएको छ। उनले एउटा पूर्ण परिक्षणको नतिजा निकाल्नको लागि २ देखि ५ दिनसम्म लाग्ने बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १८:०८