इनरुवा, सुनसरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेको छ।
यही मङ्सिर १६ गते गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा यहाँ आइपुगे शर्मा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएको थियो ।
कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उनले दाबी गरे । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ ०८:४१