नारायणगढ, चितवन । यस पालिको वर्षातको समयमा अएको बाढीका कारण खण्डहर वनेको नारायणी नदी किनारलाई व्यवस्थित गर्न थालिएको छ ।
यस वर्ष हुने चितवन महोत्सवको १५औं संस्करणलाई लक्षित गर्दे बगर बनेको नारायणी नदी किनारलाई सम्याउने, पाँगो माटो ल्याएर हाल्ने जस्ता कामहरु सुरु गरिएको हो ।
बि.सं. २०५१ सालबाट प्रत्येक २/२ वर्षमा चितवन महोत्सव गरिँदै आइएको छ ।
चितवन महोत्सव पहिलो, दोस्रो र तेस्रो संस्करण नारायणगढको क्याम्पा चौरमा गरिुएको थियो भने चौथो संस्करणबाट लगातार नारायणी नदी किनारामा गरिँदै आइएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए। दर्शकको चाप थाम्न र चितवन महोत्सव नारायणी किनारमा गर्दा छुट्टदै महत्व राख्ने उनले बताए ।
बाढी आउनु पहिला पर्यटकीयस्थलको रुपमा रहेको यस क्षेत्रलाई पुनः पुरानै अबस्थामा फर्काउने गरी काम गरिएको उनले बताए। यहि आगामी पुस २५ गतेदेखि हुन लागेको १५ औं सस्करणको चितवन महोत्सवको तयारी स्वरुप किनारको करिब ७ सय मिटर क्षेत्र व्यवस्थापन गर्न लागिएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ ०८:५९