काठमाडौं। आलापोट खानेपानी तथा सरसफाई उपभोक्त समितिको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संविधानविद तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलको प्रमुख आतिथ्यतामा अड्डापाटीमा शनिवार आलापोट खानेपानी तथा सरसफाई उपभोक्त समितिको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो।
समितिका अध्यक्ष भक्तलाल नगरकोटीको सभापतित्वमा सम्पन्न बार्षिक साधारण सभामा सचिब बालकृष्ण श्रेष्ठले समितिको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नानीमैयाँ भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कागेश्वरी मनोहरा नगरपालिका-२ का वडा अध्यक्ष सुरज खड्का, वडा सदस्य महेश्वर श्रेष्ठ, सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठ लगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुको समेत विशेष आतिथ्यता रहेको थियो ।
सोही समारोहमा नेकपा माओवादी केन्द्रका युवा नेता महेश्वर फुयाँलले आलापोट खानेपानीका पूर्वअध्यक्ष शिवराम बस्नेत धरानका मेयर हर्क साङपाङका गुरु हुन भनेर भन्न चुकेनन्।
नेता फुयाँलले धराने मेयरले भन्दा पनि दशकौ पहिला आलापोटमा शिवराम बस्नेतले खानेपानीका लागि अहोरात्र कार्य गरेको संस्मरण गरे। उनले शिवराम बस्नेतले आलापोटमा खानेपानीको लागि गरेको संघर्षवाट धराने मेयरले बुझेर शायद बस्नेतलाई गुरु मानेर धरानमा खानेपानीका लागि काम गरेको हुनुपर्ने तर्क राखेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १०:२९