काठमाडौँ । काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ।
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो ।
महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सु र कुहिरो
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
राति देशभर मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ १०:४०