मुस्ताङ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले प्राकृतिक सौन्दर्ययुुक्त, धार्मिक तथा जैविक महत्वको मुस्ताङको थासाङ गाउँपालिका-५ मा रहेको टिटी ताल ओझेलमा परेको छ ।
समुन्द्रि सतहदेखि २ हजार ६ सय ७९ मिटर उचाईमा रहेको मुटु आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ। धौलागिरि र निलगिरि हिमालको बिच भागमा टिटी ताल रहेको छ ।
एक सय ८६ प्रजातिका चराको बासस्थान रहेको टिटी ताल दुर्लभ ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान हो । थासाङ गाउँपालिका-५ टिटीका स्थानीयबासी विकास तुलाचनले बताए ।
तालको चारै तिर सल्ला र धुपीका रुखको जङगल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको वासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकै पटक अवलोकन गर्न पाउनु टिटी तालको विशेषता हो । टिटी मुस्ताङमा रहेका मध्य सबैभन्दा ठूलो ताल पनि हो थासाङ गाउँपालिका-५ टिटीका स्थानीयबासी । दिपक गौचनले बताए ।
तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ। गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङ सहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । थासाङ गाउँपालिका-५ टिटीका स्थानीयबासी धिरेन्द्र बिकले बताए ।
बेनी–जोमसोम सडक अन्तर्गत लेते छयो, धम्पु र सिर्खुम देखि झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटी ताल घुम्न जाने गरेका छन् ।
लेते-कुञ्जो-टिटी-धम्पु-सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेते स्थित कालिगण्डकी नदीमाथी मोटरेबल पुल निर्माण हुने हो भने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १६:४६