नारायणगढ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ।
वडा नम्बर ६ को गितानगरमा बालमैत्री वडा घोषणा गरिएको हो ।
नेपालको संविधानको धारा ३८ मा उल्लेखित बालअधिकार सम्बन्धी व्यवस्था, बालश्रम निषेध र नियम ऐन, २०५६ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बालबालिका सम्बन्धी ऐन, २०७५ र भरतपुर महानगरपालिका बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम बालबालिकाको सर्वोत्तम हितका पक्षलाई समावेस गर्दै ’बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ बनाउन र स्थानीय तहमा बालमैत्री स्थानीय शासन व्यवस्था कार्यान्वयन गर्न तोकिएका न्यूनतम सूचकहरु पूरा गरेकाले भरतपुर महानगरपालिका वडा नं. ६ बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा गरिएको हो।
बालमैत्री वडा घोषणा सभालाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले आगामी बि.सं. २०८४ सालसम्म भरतपुर महानगरपालिकालाई बालमैत्री महानगर बनाउने संकल्प रहेको बताउँदै उनले अहिलेसम्म २९ वडामध्ये ५ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको बताए।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ २२:४०