धरान, सुनसरी । धरानमा बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने भएको छ ।
अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको यो २५ औ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको हो।
आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिँदै बुढासुब्बा गोेल्डकप रोजगारमूलक र व्यवसायीमूलक बनाउने योजना सहित लागिपरिरहेको उनले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए ।
विसं.२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यसपश्चात निरन्तर भईरहेको अध्यक्ष राईले बताए। धरान उपमहानगरपालिका १६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुने उनले बताए।
प्रतियोगितामा एनआरटी क्लब काठ्माडौ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृती क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने छन्।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको म्यान अप दि म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने अध्यक्षले बताए ।
आयोजित यस प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने, १ करोड २ लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नविन राईले बताए ।
प्रतियोगितामा उपविजेताले पाउने ५ लाख धरान उपमहानगरपालिका-१५ निवासी हाल पोर्चुगलमा रहेको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए । गत वर्षको विजेता एनआरटी क्लब काठमाडौ र उपविजेता जिल्ला फुटबल संघ मोरङ भएको थियो।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १९:२३