नारायणगढ, चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा सबै कुराले सन्तुलित रुपमा विकास भएको बताएको छ ।
भरतपुरस्थित मेघौलीमा आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले नेताहरुले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थामा अहिले भरतपुर महानगरपालिकाले त्यो भाष्यको खण्डन गरेको बताएको हो ।
अध्यक्ष प्रचण्डले भरतपुरको विकासको सिको देशभरीका सबै तहले गर्नुपर्ने बताए । समग्र विकास नेतृत्व एक्लैले पनि गर्न नसकिने भन्दै उनले सबै क्षेत्रको साथ र सहयोगबाट मात्र सफल विकास हुने बताए ।
भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित शहरको रुपमा विकास गर्दै आइएको बताउँदै उनले यहाँ आउनको लागि भौतिक बाटो–घाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताए।
प्रमुख दाहालले अहिले मेघौलीे बिमानस्थल सञ्चालनको काम भन्दापनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गरे।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ०९:४०