काठमाडौं। काठमाडौं जिल्लाको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाटचोक बाँसबारी नजिक रहेको ज्ञानचक्षु इङ्लिस स्कुलको स्थापनाको १९ बार्षिक उत्सव र अभिभावक दिवस मनाएको छ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा ज्ञानचक्षु इङ्लिस स्कुलले स्थापनाको १९ बार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो।
स्कुलका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा भएको बार्षिक उत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथि मन्त्री पौडेलले विद्यालय शिक्षामा स्वास्थ्य शिक्षामा जोड दिएका थिए। न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिएर बूढानिलकण्ठ नगरपालिकै नंबरी स्कुल बन्न सफल ज्ञानचक्षु स्कुल शिक्षा क्षेत्रको लागि ज्ञानचक्षु नै भएको स्कुलका अध्यक्ष रमेश श्रेष्ठले स्मृत न्यूज सर्भिससंगको कुराकानीमा दावी गरेका छन्।
बार्षिक उत्सव तथा अभिभावक दिवसमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुका हजुरबुवा तथा हजुरआमाहरुलाई विशेष सम्मान गरिएको थियो। साथमा स्कुलमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुलाई मन्त्री पौडेलले सम्मान प्रदान गरेका थिए। कार्यक्रममा स्कुलका विद्यार्थीहरुले खेल, नृत्य लगायतका प्रतिभा प्रदर्शन गरेका थिए।
प्रकाशन मिति–२०८१ साल माघ १७ गते विहीवार ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ २२:१४