वकिल साहेव !!
अन्याय भो
कहाँ उजुरी गरौं ??
न्यायलयले पनि त दौरा सुरुवाल र टोपी भिरेर
सगरमाथाको उचाई ताछिरहेको देखेँ ।
अब कहाँ मुद्दा हालौँ ??
मुसुक्क हास्दै पक्ष र विपक्ष भन्दै
सिमानाको एक किल्लामा
महत्वाकांक्षाको घडा भरेको
यी आँखाले देखेँ ।
आँखा चिम्म गर्न सकिँदैन
गर्न पनि केही सकिँदैन
फैसलाको सुनुवाइ
मोबाइलमा
नोट टेवलमा ।
अब न्याय कहाँ मिल्ला ??
कालो कोट भित्र सेता नोट
न्यायको आशा गर्नेलाई चोटै चोट
श्रीमान !! अब न्याय माग्न कहाँ जाने ?
-अर्पणा खत्री
दिब्यनगर, कुसुन्ती, ललितपुर ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ २१:१९