काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठ र प्रकाश दीप श्रेष्ठद्वारा रचित नेपाल भाषाका गुलि हिसि दुम्ह भाजु र पुलुक्क खनेवं गीतकाे दुई भिडियो सार्वजनिक भएका छन्।
उक्त दुवै गीतमा वरिष्ठ संगीतकार मनराजा नकर्मीको संगीत रहेको छ भने गायिका श्रृजना श्रेष्ठको स्वर रहेको गीतलाई जमलस्थित विश्वज्योति हलमा सार्वजनिक गरिएको हो।
सार्वजनिक दुई भिडियोमा भीषम शाक्य, रोजिना सु्वाल, श्रीजना अवाले, अनुज शाक्यलगायत कलाकारहले सान्दार अभिनय पस्केका छन्। निर्देशक सुरज नापितद्वारा निर्देशित दुबै भिडियोमा सम्पादन र छायांकन सोहन मानन्धरले गरेका छन्।
आयोजित कार्यक्रमका सभापति वरिष्ठ गायक जुजुकाजी रंजित, मुख्य अतिथिका वरिष्ठ संगीतकार प्रकाश गुरुङ, विशेष अतिथि वरिष्ठ पप सम्राट ओमविक्रम विष्ट र वरिष्ठ गायिका संगीता शाक्य थापाले नेपाली गीतसंगीत क्षेत्रको विभिन्न आयामहरुमाथि प्रकाश पारेका थिए भने वरिष्ठ संगीतकार मनराजा नकर्मीले उक्त गीतहरु निर्माणको क्रममा संगीतका अथक अनुभवहरु स्मरण गराएका थिए।

संचारकर्मी एवम् गायक शुलिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा गीत संगीत पारखीहरुको तालीले गड्गडाहटसँगै वरिष्ठ संगीतकार प्रकाश गुरुङले गीत भाइरल र हिट हुनुका विशेष कारणहरु हुने गरेको बारेमा प्रष्ट्याएका थिए भने वरिष्ठ सिने पत्रकार विजय रत्न असंवरेले सार्बजनिक दुबै गीतको समिक्षा गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ २१:४६