काठमाडौ । गत महिना असारको पहिलो सातामा आएको विनासकारी वाढीले सिन्धुपाल्चोक मेलम्ची बजारमा अतुलनिय क्षति पुर्याएकाे छ।
उक्त विनासकारी वाढीका कारण मेलम्ची खोला छेउछाउका ३ दर्जनभन्दा बढी घरबार, व्यापार व्यवसायलाइ पूर्णरुपमा क्षति पुर्यायो भने सयौ घरहरु प्रभावित बनेका छन्।
खोला थुनिएर बजार र बस्तीमै लेदो सहितको वाढी पस्दा मेलम्ची बजारका व्यापार व्यवसाय गरेर बस्ने सारा व्यवसायीहरुले सवैभन्दा ठूलो क्षति वेहोर्नु पर्याे।
वाढीका कारण क्षति पुगेका घरहरुमा सञ्चालनमा रहेका पसलको सामान वगाउँदा तथा पानीका कारण सामानहरुमा पूर्णरुपमा क्षति पुग्दा व्यवसायीहरुले लाखौको क्षति बेहोरे जसमा डिशहोमका आधिकारीक सव–डिलरहरु समेत अछुतो रहन सकेनन्।
डिशहोमको शुरुवाती समयदेखि डिलरको रुपमा जोडिएका व्यवसायीले सञ्चालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसंगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स) मा समेत क्षति पुर्याएका थिए।
जानकारी भए अनुसार त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्धेश्यले प्रत्यक्ष रुपमा अतिप्रभावित मेलम्चीका ५ वटा सव-डिलरहरुलाई जनही रुपैयाँ १/१ लाखका दरले राहत स्वरुप प्रदान गरिएको डिशहोमले जनाएको छ।
डिशहोमको तर्फवाट राहत स्वरुप प्रदान गरिएको उक्त रकम रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले हस्तान्तरण गरेका हुन्।
विनासकारी बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो।
यस राहत रकमको माध्यमवाट पिडित सव–डिलरहरुलाई थौरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसायलाई पुनः सुचारु गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८ १६:०४