काठमाडौँ । गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ बोलको म्युजिक भिडियाे सार्वजनिक भएको छ।
डिजराज पौडेलको स्वर अनि सङगीत रहेको गीतको म्युजिक भिडियाे काठमाडौँमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडियाे कपिल कार्कीले निर्देशन गरेका भिडियाेमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टीकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतले अभिनय गरेका छन्।
वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले रचना गरेको गीतको भिडियााेमा रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता, त्यहाँका कठिनाइ अनि पैसा कमाउन गएकाहरू बाकसमा फर्कनुपर्ने अवस्था चित्रण गरिएको छ ।
आफूले सानैदेखि लेख्ने गरेको र आगामी दिनमा यस्ता विषय अझै सशक्त रुपमा उठान गर्ने ढकालको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ २२:००