काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले यहि चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदैछ । आज आयाेजित प्रभातफेरी कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीहरुकाे सहभागिता रहेकाे थियो।
नागरिक लगानी कोषकाे कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोषकै परिसरमा आएर समापन भएको थियो।
वार्षिकोत्सवको अवसरमा कोषले खेलकुद, रक्तदान कार्यक्रम लगाएत सामाजिक जनचेतनामूलक कार्यक्रमहरुकाे आयाेजना समेत गर्दै आइरहेको छ।
याे पनि :
नागरिक लगानी कोष र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच सम्झौता
प्रकाशित मिति: शनिबार, चैत १, २०८१ १९:१२