काठमाडाै । काठमाडौंकाे टोखा नगरपालिका-२ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिव २५ करोड रुपैयाँ बरामद गरेकाे हाे ।
चैत्र ४ गते राति ११ बजे रसुवातर्फ जाँदै गरेकाे ट्रक चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का फुच्चे भनिने कुसाङ लामा रहेका छन्। खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएकाे छ।
४३ वर्षका लामा यसअघि पनि अवैध सुन तस्करको आरोपमा ५ वर्ष जेल बसेर कैद भुक्तान गरी निस्किएपछि आमाको नामबाट ट्रक निकालेका थिए।
प्रकाशित मिति: शनिबार, चैत ८, २०८१ ०९:२२