अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको संस्था यू एण्ड अस वेस्र्टन अष्ट्रेलिया (युवा) ले यही २०२५ जनवरी ५ देखि प्रारम्भ गरी मार्च २३ मा युवा कप-२०२५ को दोस्रो संस्करण अष्टे«लियाको पर्थ सहरमा सम्पन्न भएको छ।
प्रवासमा रहेका नेपाली नेपालीबिच सद्धभाव, भातृत्व र एकता कायम गर्ने उदेश्यले यस संस्थाले २०२३ देखि विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
युवा नामक संस्थाद्व्रारा आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत खेलकुद विधामा फुटबलतर्फ प्रथम हुने गोरखा ब्वाईज क्लबले नगद १५ सय डलर दोस्रो र तेस्रोले क्रमश १ हजार डलर र ५ सय डलर नगद सहित प्रमाणपत्र हासिल गरेका थिए।

त्यस्तै, भलिवलतर्फ भने टेष्टी मोमो क्लबले १ हजार डलर सहित प्रथम पुरुस्कार हासिल गरेको थियो। अन्तिम चरणको खेल क्रिकेटमा भने वेस्टर्न नेपालेस क्रिकेट क्लबले एक हजार दुई सय पचास डलर सहित क्रिकेट बिधाको प्रथम पुरस्कार हासिल गरेको थियो ।
आकर्षक पुरस्कार राशीका कारण कार्यक्रम उत्साहजनक र ऐतिहासिक रहेको युवा क्लबका अध्यक्ष कुलचन्द्र अधिकारीले जानकारी गराए । झण्डै हरेक आईतवार करिब तिन महिना लागेर संम्पन्न भएको उक्त कार्यक्रममा सुर्य न्यौपाने, सुधिर चौधरी, मिलन पछाई लगाएतका ब्यक्तिको उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो।
उक्त खेलको संयोजकत्व भने बासु सापकोटाले गरेका थिए । उक्त कार्यक्रमले आगन्तुक नेपाली बिद्यार्थीलाई प्रेणा र उर्जा प्रदान गर्ने साथै सहयोगको आदान प्रदान सँगै नेपालीत्व भाव झल्काउने हेतु यस्ता प्रतियोगिता हुने गरेको आयोजक ले बताएका छन।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०८१ १३:५९