काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका युगिन कलाकार तथा निर्देशक पवन जोशी लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने भएको छ। नेवाः साधना कला केन्द्रले आफ्नो स्थापना दिवसको अवसरमा युगिन कलाकार तथा निर्देशक जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित गर्न लागेको हो।
आगामी नयाँ बर्ष २०८२ साल बैशाख महिनाभित्र हुन गैरहेको नेवाः साधना कला केन्द्रको स्थापना दिवसको अवसरमा जोशीलाई उक्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी नेवाः साधना कला केन्द्रका अध्यक्ष तथा महाप्रवन्धक सुन्दरमान श्रेष्ठ (बागमती भाइ)ले दिएका छन्। बागमती भाइका अनुसार, उक्त दिन बागमती भाइका रचनाका गीत–संगीतको सांगीतिक तथा साहित्यिक सिर्जनात्मक कार्यक्रम हुने भएको छ।
नेवाः साधना कला केन्द्र लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुनगैरहेका युगिन कलाकार तथा निर्देशक जोशीले कलायात्रा विसं.२०२४ सालवाट गरेका हुन्। डबली नाटकवाट शुभारम्भ भएको जोशीको कलायात्रामा टेलिफिल्म, भिडियो फिल्म हुदैं ठूला पर्दाका चलचित्रसम्म निरन्तर पचास बर्षभन्दा बढी भैसकेको छ। यस अवधिमा दर्जनौ चलचित्रको निर्देशन तथा सयौं गीतका भिडियोमा पनि निर्देशन गरेर युग विताइसकेका युगिन कलाकार तथा निर्देशक जोशी हाल अभिनयको अलावा निर्देशन र गीत लेखनमा नै व्यस्त छन्।
प्रकाशन मिति–२०८१ साल चैत्र ३० गते शनिवार ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०८१ १३:५२