काठमाडौं। समाज आफ्नो पुरानो खाताबाट पुराना नियम निकालेर राज गर्न चाहन्छ।। जबकि, जिन्दगी हरेक दिन नयाँ बन्न चाहन्छ।। त्यो नयाँ बन्ने र बनाउने क्रममा उमेरको हकमा चौरासी बर्ष पुगिसकेका काठमाडौंको न्ह्यौंखा इखापुखु स्थित कन्या मन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक गौरी क्षेत्रीको भव्य सम्मान गर्ने कार्य भएको छ। त्यो पनि सोही स्कुलवाट एस.एल.सी.पासआउट गरिसकेका विसं.२०३९ सालको एस.एल.सी. व्याचदेखि २०५२ सालसम्मका विद्यार्थीहरुले शनिवार आयोजित समारोहमा ठूलो भव्य सम्मान गरेको हो।
काठमाडौंको न्यूरोडस्थित कोयला लाउञ्जमा आयोजित भव्य समारोह वीच चौरासी बर्षको जन्मदिन तथा विवाहको पचास बर्ष पुगिसकेको अवसरमा परम्परागत रुपमा दही–माछाको सगुन तथा केक काटेर मात्र उत्सव नमानिकन सयौं विद्यार्थीहरुले पचास बर्षको फेरि विवाहको माल्यार्पण गराएर विवाहको पचासौं बर्षगाँठ मनाइदिदा गौरी सर दम्पत्तिको आँखावाट हर्षको आँशु बहेको पत्तो नै भएन। आफूले कन्या मन्दिर स्कुलमा कसैलाई विज्ञान त कसैलाई गणित अर्थात म्याथ पढाएका ती सवै विद्यार्थीहरुलाई छोरी नै मान्दैआएका गौरी सर कन्या मन्दिरमा अध्यापन गराउने शिक्षकहरुमा अत्यन्त कडा भएपनि सवैको लोकप्रिय थिए।
कडामा कडा र मायामा अति माया गर्ने गौरी सरको पचासौं विवाह उत्सव र चौरासी बर्षको उत्सव मनाउन पाउंदा आफूहरुलाई अत्यन्त गौरब लागेको स्वागत भाषणमा विसं.२०३९ एस.एल.सी.व्याचका टपर तथा हाल शिक्षा क्षेत्रमा नै तलिन भएर लाग्दैआएकी शिक्षाविद बन्दना लक्ष्मी श्रेष्ठले भनेकी छन्। श्रेष्ठले आफूहरुलाई गौरी सरले छोरी नै मानेर नेवारी परम्परा अनुसार छोरीचेलीलाई बोलाएर पर्व विशेषको नखत्या खुवाउने चलन गर्दैआएको खुलासा गरेकी छन्।
यस कार्यको संयोजन गर्ने कार्य २०५२ एस.एल.सी.व्याचकी रिता जोशीले गर्दैआएकी हुन्। हाल अष्ट्रेलिया बस्दैआएका गौरी सर हरेक बर्ष यसरी नै नेपाल आएर आफूले पढाएका विद्यार्थीहरुलाई छोरीचेली मानेर नखत्या बोलाउने कार्य विगत तीन बर्षदेखि हुदैआएको जानकारी जोशीले दिएकी छन्। एक शिक्षकको विद्यार्थीप्रतिको माया तथा जिम्मेवारीलाई महशुश गराउने कार्य यसप्रकारको कार्यवाट हुनु र छोरीचेली समान विद्यार्थीहरुले पनि पिता समानका गुरुको भव्य सम्मान गरिनु यो गजबमय परम्परा र गौरबता सवैको लागि उदाहरण नै बनेको छ।

प्रकाशन मिति–२०८२ साल बैशाख ६ गते शनिवार ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ २२:२८