काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेको छ।
मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकिएको हो।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ।
प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्नु पर्ने भएकाले ज्येष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १८:१०