काठमाडौ । डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिशन दोश्रो चरणमा प्रवेश गरेको छ।
गायन प्रतियोगिता द स्ट्रिङ अडिशनको पहिलो राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको हो।
दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन ।
देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ शुुरुआत गरेको हो।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ ०८:४९