काठमाडौ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या आज सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएको हो।
“सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” राज्यमन्त्री श्रेष्ठले भने।
राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाट समेत अलग हुने निर्णय गरेको जनाएको छ।
“पदमा रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” राज्यमन्त्री श्रेष्ठले भने।
राज्यमन्त्री उमेश श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएको थियो।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८ २०:२७