काठमाडौ । कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिका संयोजक संघीय सांसद माननीय जीवनराम श्रेष्ठ, नागार्जुन नगरपालिका उपमेयर सुशिला अधिकारी, वडासदस्यहरु तथा स्थानीय सहितको उपस्थितिमा भेटघाटलाई तीबता दिएको छ ।
कोरोनाभाइरस (कोभिड-१९) पोजिटिभ भई लक्षण नदेखिएका घरमा आइसोलेसन बसिरहेकाहरूलाई सामाजिक बहिष्कार हैन सबैले हौसला प्रदान गरि उच्च मनोबल बढाउने उद्देश्यले आयुर्वेदिक औषधि सहित आफ्नो निर्वाचन क्षेत्रमा लागि परेको हो।
नागार्जुन नगरपालिकामा शिक्षा तथा स्वास्थ्य संसदीय समिति अन्तर्गत कोभिड-१९ प्रभावकारिता अध्ययन उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौंको नागार्जुन नगरपालिकाको बाफल क्षेत्रमा कोभिड- १९ संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गरेको छ ।
ललितपुर जिल्लामा उत्पादित प्राकृतिक औषधि गुडुची चूर्ण र त्रिकटु चूर्ण नामक आयुर्वेदिक औषधि सांसद श्रेष्ठले होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई वितरण गरेको हो । त्यसै क्रममा नागार्जुन नगरपालिका वडा नं ४ का अध्यक्ष, वडासदस्य लगायतको सहभागिता रहेको थियो ।
औषधि सांसद श्रेष्ठकै पहलमा विरामीहरुलाई निःशुल्क उपलब्ध गराइएको हो । उक्त आयुर्वेदिक होम आइसोलेसनमा १४ दिनसम्म बसेर उपचार गराइरहेका बिरामीहरु थिए भने दर्जनभन्दा बढी संक्रमितको घर-घरमा पुगेर सांसद श्रेष्ठ स्वास्थ्य अवस्था बुझ्दै छिटो निको हुन कामना गरेको थियो।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ ०९:२५