काठमाडौ । नागार्जुन नगरपालिका वडा नं. ३ स्थित ईचंगुनारायण मन्दिरको मूर्ति चोरी भएको छ।
ईचंगुनारायण मन्दिरमा भक्तजनले चढाएका २ जोडि राधाकृष्णको मुर्ति चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले जानकारी दिएको हो।
आज विहान ५ बजे नित्यपुजाका लागि पुजारी मन्दिरमा जाँदा मुर्ति चोरी भएको पत्ता लागेको हो । करिब ८ बर्ष अगाडि भक्तजनले चढाएका साना र ठूला गरी ४ वटा पित्तलको मूर्ति चोरी भएको जनाएको छ।
चोरी भएका मूर्तिको खोजी कार्य जारी रहेको छ । मन्दिरका झ्यालबाट पसेर साना मूर्ति चोरी भएपनि मुख्य मूर्ति र गहनाहरु भने सुरक्षित रहेको नागार्जुन ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८ १५:१३