काठमाडौ । आजदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।
सर्वसाधारणका लागि बिक्री खुल्ला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। रुपैयाँ एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ। रुपैयाँ ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिएका हुन्।
प्रमुख कार्यकारी अधिकृत बज्राचार्यका अनुसार जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो।
आइपिओ जारी भएपछि कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार पुग्नेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८ १३:३१