काठमाडौ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंकको महाराजगंज शाखाको अगुवाईमा होटल शम्बला प्रा. लि. सँग सम्झौता भएकाे छ।
होटल शम्बलासँग आज भएको उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएको हो।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले 'फुड एण्ड वेभरेज' मा अधिकतम १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नुका साथै 'स्पा' सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता पत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेको हो।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८ १६:२१