– रञ्जना न्यौपाने
वाह ! तिमीले कस्तो खास उपहार दियौ
न जुन छ न तारा ! आकाश उपहार दियौ
विश्वासको रेखा कोर्न मैले जानिन सायद
दियो बाल्दै हिँडे मैले बतास उपहार दियौ
बाँचुञ्जेल मागेँ केवल साथ मात्र तिम्रो
जब बन्यो तन खरानी सास उपहार दियौ
सम्बन्ध र सम्मान अन्तर्निहित छ भन्दा भन्दै
यो चाहतको बदला उपहास उपहार दियौ ।।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८ २२:२२