काठमाडौ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेका महालक्ष्मी विकास बैंक र ई-सेवा मनी ट्रान्सफरबिच आज एक उल्लेखनीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
विकास बैंक मध्येकै एक प्रतिष्ठित विकास बैंक महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई-सेवा मनी ट्रान्सफर प्रा. लि.सँंग सम्झौता गरेको हो।
उक्त सम्झौता पत्रमा ई-सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेको हो।
आज भएको उल्लेखनीय सम्झौता अनुरुप अब उपरान्त महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई-सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन्।
महालक्ष्मी विकास बैंकले हालसम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई गुणस्तरीय रेमिटान्स सेवा सुविधा प्रदान गर्दै आईरहेको छ।
मुलुकभरका १०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधिमैत्री वातावरण निर्माण गरी ग्राहकहरुलाई थप सेवा प्रदान गर्न बैंकले प्रतिवद्धता समेत जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८ १३:२०