हरिवन, सर्लाही । आईएमई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयले सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्बामा १३ लाख मृत्युदावी भुक्तानी गरेको छ।
बीमा गरेको २ वर्ष पूरा नहुदै हरिपुर नगरपालिका वडा न ५ मजुर्बा निवासी ३० बर्षिय अजमद राजा मंसुरीको चैत्र १४ गते मृत्यु भएको थियो।
बैदेशिक रोजगारीको लागि कतार गएका मंसुरी २०७७ चैत्र ९ गते नेपाल आएको मंसुरीको ५ दिन पछि अचानक पेटमा दर्द भइ मृत्युु भएको थियो।
दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रमको संबोधन गर्दैआई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी बिजनश प्रमुख कर्मराज पौडेलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्यूनभन्दा न्यून आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए।
निधन पछि लगतै आई एम ई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयका शाखा अधिकृत राजेश साहले समयमै कम्पनीलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीले पनि राम्रो ब्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको मृतक मंसुरीका बुवा इजरायल मंसुरीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
आईएमई लाईफ इन्स्योरेन्स प्रदेश २ का प्रमुख रबि शंकर सराफ , बीमा कम्पनीबाट पाउनु पर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसका विच आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमाप्रतिको विश्वास कायम राख्न सफल भएको प्रदेश प्रमुख रबि शंकर सराफ बताएका थिए।
हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी , वडा न ६ का अध्यक्ष इदि मंसुर आफनो गाउँमा पहिलो पटकनै आई एम ई लाईफ इन्स्योरेन्स पिडित परिवारलाई घरमा आएर दावी भुक्तानीको चेक हस्तन्त्रण गरेकोले आई एम ई लाईफ इन्स्योरेन्सका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिदै वीमा सबै नागरिकको लागि नभई नहुने कुरा भएकोले सम्पूर्ण नागरिकलाई आफनो आम्दानीको केही रकम भए पनि बीमामा लगाउन आग्रह गरेका थिए।
दावी भुक्तानीको चेक हस्तान्तरण कार्यक्रममा हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी , वडा न ६ का अध्यक्ष इदि मंसुर मलंगवा उपशाखा प्रमुख धर्मनाथ ठाकुर ,हरिवन शाखा प्रमुख राजेश साह, एजेन्सी मैनेजर सर्वनारायण राय, राजकुमार राय ,कमलेश चौधरी ,जिवन प्रसाद साह लगायत सयौ स्थानियबासीको सहभागिता रहेको थियो। आफनै गाउँघरमा पिडित परिवारलाई चेक हस्तान्तरण गर्दा स्थानियबासी हर्षित भएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ ११:३१