काठमाडौ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई सर्बसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ।
आज भएको सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीे र महालक्ष्मी विकास बैंकका तर्फबाट बानेश्वर शाखा प्रमुख विकास रावलूले हस्ताक्षर गरेको हो।
उक्त सम्झौता पत्रमा उल्लेख भएअनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा उपउक्त छुटहरु पाउने भएको हो।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आइसीयु/ एचसीयु भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेशन -Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
देशका १०३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिट बैकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल समेत गर्दै आएको छ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १५:३२