काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी दोस्रो संसोधन अध्यादेश २०७८ जारी गरेको छ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यलयले जनाएको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेश गरेपछि त्यसको भोलिपल्ट मात्रै जारी गरिएको हो।
अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतको समर्थनमा दल विभाजन गर्न मिल्ने प्रावधान राखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पनि अध्यादेश ल्याएपछि सत्तारुढ दल नेपाली कांग्रेसकै केही नेताहरु विपक्षमा उभिएका छन्।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको प्रतिवाद गर्ने निर्णय गरेको छ। यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा अहिलेको गठबन्धन सरकारमा रहेका दलहरुले चर्को विरोध गरेपछि फिर्ता गरिएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८ १५:३८