ललितपुर । बेद तथा आयुर्वेदमा गुर्जोको वारेमा बयान गरेको पाइन्छ। गुर्जो बहुउपयोगी जडीबुटी हो।
औषधिको रुपमा सहजै सेवन गर्न सकिने गुर्जोको बेर्ना वितरण गर्ने कार्य धार्मिक तथा सामाजिक अभियन्ता नारायण लिंखा देवानवाट भएको छ।
कमेडी किङ मदनकृष्ण श्रेष्ठको ललितपुर महानगरपालिका वडा नंबर २७ स्थित सुनाकोठी पुगेर धार्मिक तथा सामाजिक अभियन्ता नारायण लिंखा देवान सहित नामी साप्ताहिक टीम पुग्दा मदनकृष्ण श्रेष्ठले आफ्नो परिवार नै गुर्जु परिवार भनेर खुलासा गरेका छन्।
बुहारी रिंकु बज्राचार्य श्रेष्ठ गुर्जु परिवारको भएको र सम्धा–सम्धी सवै गुर्जु भएपछि आफूहरु सवै गुर्जु नै भएको मदनकृष्ण वताउछन्।
बेद तथा आयुर्वेदमा बहुउपयोगी औषधि गुर्जो उपहार पाउंदा अत्यन्त खुशी लागेको कमेडी किङ ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठले भनेका छन्।
गुर्जो विशेषत इम्युनिटी पावर वढाउन, सुगर, प्रेसर, खोकी, नशा संवन्धी अनेक रोगको आयुर्वेदिक बहुउपयोगी जडीबुटी हो। यसको प्रयोगले कोरोना संक्रमणवाट बच्न र बचाउन सकिन्छ पनि भन्ने गरिएको छ।
प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७ १८:५२