काठमाडौ । काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज २० र २४ वडा नगरसमितिको संयोजन एवं व्यवस्थापनमा काठमाडौं विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूद्वारा एक विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
आयोजित रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा भएको हो।
कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी बृत्तका प्रमुख डिएसपी डिलबहादुर मल्लबाट स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण गरिएको थियो।
सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ४१ जनाले रक्तदान गरेको सो रक्तदान कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले गरेको थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकारले सभापतित्वमा भएको कार्यक्रमको संयोजकमा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छात्रा युनिशा महर्जन रहेका थिए।
कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आएको् छ।
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८ १२:२७